काठमाडौँ

बल्खुमा झडप भएपछि युवा संघका समर्थकलाई प्रहरीले फर्कायो

Banner

काठमाडौँ, मंसिर ७-

युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकबीच बल्खुमा केहीबेर तनाव भएको छ।

दुई पक्षबीच झडप भएपछि त्यहाँको अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालित भएको छ। अहिले त्यहाँको अवस्था तनावग्रस्त नै छ।

दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेपछि युवा संघको टोलीसँग झडप भएको थियो। झडप नियन्त्रणमा लिनका लागि प्रहरीलाई केही समय लागेको थियो।

अहिले अवस्था नियन्त्रणमा लिएर सशस्त्र र नेपाल प्रहरीको युवा संघको टोलीलाई फर्काएको छ। उनीहरूलाई अहिले प्रशासनले तोकेको स्थान तीनकुने फर्काइएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>