राजनीति

मुलुकको आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भूमिका छः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं, मंसिर ७-

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताएका छन्।

विहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो आर्थिक विकास र निर्माणका लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको पनि बताए।

उहाँले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको जानकारी गराउँदै विकास निर्माणका काम पनि त्यहीअनुसार गर्न आग्रह गरे।

दिगो पूर्वाधार विकास सरकारको प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। त्यसका लागि सरकारले आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गरे। न्युज एजेन्सी नेपालबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>