राजनीति

एपीवानले रोकिदियो दुर्गा प्रसाईंसँग भुषण दाहालको अन्तर्वार्ता

Banner

काठमाडौ,मंसिर ६-

एपी वान टीभीले पत्रकार भुषण दाहालको कार्यक्रम प्रशारणमा रोक लगाएको छ । उनले आफ्नो कार्यक्रममा दुर्गा प्रसाईंलाई अतिथि बनाएका थिए । उनले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराउँदै ३५ वर्षे अनुभवमा पहिलोपटक यस्तो भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवानएचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।” दाहालले व्यवस्थापनको हवाला दिँदै कर्मचारीले फोन गरेर कार्यक्रम रोकिने बताएको जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>