राजनीति
सुतिरहेका महिलालाई लघारेको घटनाबारे ओलीः उक्त घटनामा युवा संघको संलग्नता छैन
०

काठमाडौं, मंसिर ६-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको अभियानमा साथ दिन आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई बनाउन गराउने षड्यन्त्र भएको हुनसक्ने आशंका गरे ।
उनले भने, ‘आज बिहान एउटा भिडिओ आएपछि मैले युवा संघलाई सोधेको थिएँ । युवा संघले पनि भिडिओ हेरेर थाहा पायौं भन्छ । हाम्रो कुनै संलग्नता छैन भन्छ । यो आफैं बिरामी आफैं झाँक्री के भन्छ नि ! त्यस्तै कुरा हुनसक्छ । तर, युवा संघको यस्तो खालको क्रियाकलाप होइन हुन सक्दैन भनेर मलाई बताएको थियो । हामी यस सम्बन्धमा स्पष्ट पर्छौं, हाम्रो संलग्नता छैन अध्ययन गर्दैछौं भनिसक्या छ । हाम्रो संलग्नता नभएको युवा संघले मलाई बताएको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























