राजनीति

ओलीको स्वागतका लागि वीरगन्जमा भव्य तयारी

Banner

वीरगन्ज, मंसिर ५-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतका लागि वीरगन्जमा भव्य तयारी भएको छ । जनता समाजवादी पार्टीका पूर्व सांसद हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउन ओली वीरगन्ज आउँदैछन् ।

छठको मैजारोसँगै आज आफू पर्साबासीलाई भेट्न वीरगन्ज आउन लागेको भन्दै ओलीले बिहानै सामाजिक सञ्जालमा घण्टाघरको झिलिमिली फोटो राखेका थिए ।

रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित भएका थिए । ओलीको स्वागतका लागि वीरगन्जमा झण्डा ब्यानरसहित स्वागतद्वारहरु समेत बनाइएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>