राजनीति

मन्त्री राईको त्रिवि शिक्षण अस्पतालमा कानको शल्यक्रिया

Banner

काठमाडौँ, मंसिर ०४-
विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कानको शल्यक्रिया गरिएको छ । उनको कानमा समस्या आएपछि कानको शल्यक्रिया गरेर कोक्लिय राखिएको हो ।

त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागका डा। रविन्द्रभक्त प्रधानांग नेतृत्वको टोलीले साढे ४ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका हुन् ।
डा.प्रधानांगका अनुसार प्रत्यारोपण गरिएको मेसिन र बिरामीको शारीरिक प्रतिक्रिया सकारात्मक रहेको मन्त्री राईको सचिवालयले जानकारी दिएको छ ।

कानको श्रवण शक्तिलाई सुधार गर्न कोक्लिय यन्त्र कानको भित्री भागमा शल्यक्रिया गरेर राख्ने गरिन्छ । मन्त्री राईलाई सोमबार राति पोस्ट अपरेसन वार्डमा राखिने र ३ दिनसम्म आगन्तुक भेटघाटहरू पूर्णत बन्द गर्न डाक्टरहरूको सुझाव रहेको पनि सचिवालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>