राजनीति
कांग्रेस नेता कोइरालाले भने ‘दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न उठेको छ’
०

मोरङ, मङ्सिर १ –
नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा.कोइरालाले जनतामा निराशा छाउनुको मुख्य कारण गणतन्त्रको सही सदुपयोग गर्न नसक्दा यो अवस्था आएको बताएका हुन्।
गणतन्त्र आफैँमा खराब नभएको र यो व्यवस्था राम्रो रहेको बताउँदै, डाक्टर कोइरालाले गणतन्त्र ल्याउनका लागि आन्दोलन गरेपनि सबैले बिर्से जस्तो गरेको बताए । उनले हामीले के का लागि आन्दोलन गरेका थियौँ भनेर सोच्ने बेला आएको बताए । यस्ता कुराहरूले गर्दा जनताहरू आजित र निराश भएका हुन्। गणतन्त्र आफैमा खराब होइन, गणतन्त्र राम्रो व्यवस्था भएको डाक्टर कोइरालाले प्रस्टाए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























