राजनीति

रवि लामिछानेको प्रश्न- टिकटक बन्द गर्ने नेताहरू भ्रष्ट होलान्, पार्टी नै बन्द गरिदिने ?

Banner

काठमाडौं,कात्तिक २७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। सोमबार सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालबाट प्रश्न गर्दै उनले मुलधारले ढोका बन्द गरिेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाटै उदाएको उल्लेख गरेका छन्।

साथै, उनले सो निर्णय गर्ने सत्ताधारी दलकै नेताहरू भ्रष्ट होलान् भन्दै अब पार्टी नै बन्द गर्ने हो ? भनेर समेत प्रश्न गरेका छन्। ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरू भ्रष्ट हाृेलान्। के अब पार्टी नै बन्द गरिदिने हो त ?,’ उनले भनेका छन्, ‘मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौं अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे,’ उनले लेखेका छन्।

अहिलेको युगमा सामाजिक सञ्जाल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया भएको भन्दै सत्ताधारी दलकै पदाधिकारीको विरोधको अर्थ आफूले नबुझेको पनि बताएका छन्। सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै प्रश्न गरेका कांग्रेस महामन्त्रीद्वयप्रति लक्षित गदै्र्र उनले प्रश्न गरेका छन्, ‘सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन्। के यो माओवादी केन्द्रको मात्रै निर्णय हो ?’ अराजकता अभिव्यक्ति वा कन्टेन्टमा भएको भन्दै माध्यमको कुनै दोष नभएको उनले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>