राजनीति

सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस्ः गगन थापा

Banner

काठमाडौं, कात्तिक २६-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल दुईवटा काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले सरकारलाई फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्नुपर्ने बताएका हुन् ।

‘एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ। दुई, ‘संसदीय कोष’ भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै उक्त दुई वटा कुरा तत्काल गर्न भनेको थापाले उल्लेख गरेका छन् । सरकार आफैँले तत्काल गर्न सक्ने यति काम सुरु गरेपछि बल्ल अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>