राजनीति

नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेखिनेछ: प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौँ, कात्तिक २५-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् । शनिवार काठमाडौँमा आयोजित साहित्यकार पद्म रत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत् नै राष्ट्रिय संवत् भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए ।

उनले नेपाल संवत् ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत् राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने उल्लेख गरे । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको बताए

प्रधानमन्त्री दाहालले अहिले विभिन्न कोणबाट लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एक थरीले प्रश्न उठाउने दुःसाहस गरेको उल्लेख गरे । तस्विरः रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>