राजनीति

रेशम चौधरीको आरोपः पुराना दलहरूले मलाई जेल पठाउन षड्यन्त्र गरिरहेका छन्

Banner

जनकपुरधाम, कात्तिक २३-

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई पुराना दलहरूले पुनस् जेल पठाउन षड्यन्त्र गरिरहेको आरोप लगाउका छन् ।

केहीदिन अगाडि धनुषा आएका उनले सञ्चारकर्मीसँग भने-‘म मेरो मुद्दाबारे धेरै भन्न चाहन्न । ईश्वर छन् भने मलाई लाग्छ यो देशमा यो संसारमा जिसस क्राइस्ट, बुद्ध, ब्रम्हा, विष्णु, महेश, शिव भगवान् कसैले पनि मेरो दोषलाई प्रमाणित गर्न सक्दैनन् ।’

घटना संलग्नता रहेकाले दोषी ठहर भयो र राजनीति दबाबमा राष्ट्रपतिबाट माफी पाए भन्ने भनिन्छ नी ? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘त्यसो भए रेशम चौधरी कारागारमा झुण्डिएको हेर्न चाहनुहुन्छ ? के रेशम चौधरीको मृत्यु कारागारमै भइदिए थपडी बजाउन चाहनुहुन्छ ?’

उनले पुराना दलहरु आफूलाई जेल राखिराख्न चाहेको पनि बताए ।

‘मधेसका राजवन्दीहरुलाई अझै छाडिएको छैन,’ चौधरीले भने, ‘उनीहरू (पुराना दलहरूले) त रेशम चौधरी जेलभित्रै सडिरहोस् चाहेकै छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>