राजनीति

उद्धार, राहत र पुनःनिर्माणका लागि सरकारलाई कांग्रेसको सुझाव

Banner

काठमाडौँ, कात्तिक २१-

नेपाली कांग्रेसले सरकारलाई भूकम्पपश्चात् राहत, पुनःस्थापना र पुनःनिर्माणलाई थप व्यवस्थित बनाउन सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पदाधिकारीसहितको कांग्रेस प्रतिनिधिमण्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि तत्कालीन र अल्पकालीन उपाय अपनाउन सुझाव दिएको हो ।

पार्टीले भूकम्पलगत्तै सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसासमेत गरेको छ । जाजरकोट केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र पश्चिम रूकुममा ठूलो जनधनको क्षति भएको छ । तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनःनिर्माणका काम नौ बुँदामा सरकारलाई सुझाव दिइएको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाललाई सुझाव दिन सभापति देउवा, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नुभएको थियो ।

राहत, उद्धार र पुनःस्थापनाको कार्यमा एकद्वार प्रणालीमार्फत प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर सङ्घीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने पनि सुझाउनाका साथै कांग्रेसले भूकम्पपीडितलाई राहतस्वरुप यसअघि घोषणा गरेको रु ५० लाखको चेक पनि हस्तान्तरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>