राजनीति

भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन सम्बन्धित सबैलाई अनुरोध छः जनार्दन शर्मा

Banner

काठमाडौँ, कात्तिक २१-

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

‘काम बिस्तारै हुन्छ भन्ने अबस्था नरहेकोले आवश्यक सामाग्रीहरु तत्कालै उपलब्ध गराउन र नेताहरुले प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन अनुरोध छ’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा माटोले जोडेका घर भएकाले हजारौँ घरहरु भत्किएका र चिरा परेर बस्न नहुने भएको शर्माको भनाइ छ । ‘माटोको जोडाइ भएका घरमा रेट्रोफिटिङ गर्ने पनि असम्भव हुने भएकाले यो क्षेत्रमा बसोबास गर्ने घर बाहिर नै रहेका छन्’, शर्माको भनाइ छ ।

शर्माका अनुसार सरकारको स्टोर वाट प्राप्त १० हजार थान त्रिपाल (जाजरकोट र रुकुम पश्चिममा ५-५ हजार थान) सोमबारमात्र पुगेको छ । उनका अनुसार तिन जिल्लालाई २५ हजार थान भन्दा बढी त्रिपाल आवश्यक देखिएको छ । तर, १० हजार थान सरकार र अन्य २-३ हजार थान विभिन्न संघ सस्था र दाता बाट आएको देखिएको शर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>