राजनीति

भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक छैनः सोबिता गौतम

Banner

काठमाडौँ, कात्तिक २१-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक नरहेको बताएकी छन् । प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा पुर्‍याउन नहुने उनले जिकिर गरेकी हुन् ।

गौतमले कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिनुपर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘भूकम्प प्रभावित क्षेत्रमा सांसदको उपस्थिति देखिएन भनेर विभिन्न संसदीय समिति मार्फत अवलोकनका नाममा त्यहाँ जाने चर्चा चलिरहेको सुनेँ । सांसदज्यूहरू विपद् जोखिम न्यूनीकरणबारे कत्तिको बहस गरेर कानुन बनाउनुभयो वा बनाउन तत्पर हुनुहुन्छ त्यो महत्त्वपूर्ण हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>