राजनीति

रास्वपा छाडेका चितवनका सापकोटा बने आजपाको विदेश विभाग प्रमुख

Banner

काठमाडौं, कात्तिक २१-

आम जनता पार्टी (आजपा)को विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटाले पाएका छन् ।

आजपा अध्यक्ष प्रभु साहले केन्द्रीय सदस्य धर्मेन्द्र सापकोटालाई विदेश बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।

सापकोटा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको सभापति थिए । जिल्ला सभापतिबाट गत माघमा राजीनामा दिएका सापकोटा २५ असोज २०८० मा आजपा प्रवेश गरेका थिए ।

उनै सापकोटालाई सोमबार आजपा अध्यक्ष प्रभु साहले विदेश बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>