Breaking News

एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

०
Banner

काठमाडौँ,कात्तिक ११

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रिँदा पोखराले यस सिजनको पहिलो खेल खेल्दैछ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिम पहिलो जितको खोजीमा हुनेछ। पोखरा भने जितसहित प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छ।

लुम्बिनीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ चल्न सकेको थिएन। टोली १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाएका थिए। जवाफमा लुम्बिनीले ९.५ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेलमै जित निकाल्ने योजनामा हुनेछ। टोलीमा बंगलादेशका अलराउन्डर शाकिब अल हसनसहित श्रीलंकाका चमिका करुणारत्ने र धनञ्जय लक्षण छन्।

सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। टोलीमा स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र न्युजिल्यान्डका स्कट कुगेलेइन पनि छन्।

यस सिजनमा आठ टोली सहभागी छन्। प्रतियोगिताको फाइनल नोभेम्बर २१ मा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>