राजनीति

असंवैधानिक काम गरेको ठहर भइसक्दा पनि राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन्ः ओली

Banner

जनकपुरधाम, कात्तिक १८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक काम गरेको ठहर भइसक्दा पनि राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको बताएका छन् ।

वीरगञ्जमा पार्टीको मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले सरकार असंवैधानिक काम गरिरहेकोमा आपत्ति जनाए । रिगललाई आममाफी दिएको प्रसङ्ग केलाउँदै उनले भने, ‘अस्ति मात्रै सर्वोच्च अदालतले असंवैधानिक काम गरेको ठहर गर्‍यो । तर राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन् ।’

उनले वर्तमान सरकारको असंवैधानिक कामहरूकै कारण लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको बताए । उनले ठूलो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसको सही ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले कतिपय ठाउँका जनता आतङ्कित बनेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>