राजनीति

एमालेद्वारा शुभकामना तथा चियापान कार्यक्रम स्थगन

Banner

काठमाडौँ, कात्तिक १८-

नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठ र नेपाल संवत्मा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले राहत र उद्धारको काममा केन्द्रित हुनपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको बताउनुभयो ।

एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगञ्ज, काठमाडौँका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>