देश/प्रदेश

नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा दुई जना पक्राउ

Banner

काठमाडौं, कात्तिक १६-

काठमाडौंबाट नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडबाट नक्कली श्रम स्वीकृती बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीका अनुसार पक्राउ पर्नेमा गोरखा बारपाक घर भई काठमाडौंको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र नागार्जुन रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल छन्। उनीहरूलाई सोल्टीमोडस्थित भाडामा लिएर वैदेशिक रोजगार सम्बन्धी काम गर्ने ट्राभल्सबाट मंगलबार पक्राउ गरेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>