देश/प्रदेश

महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

Banner

काठमाडौं, कात्तिक १४-

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्।

बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ ।

बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार बिहान १० बजेसम्ममा साजसज्जालगायत सबै तयारी पूरा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>