देश/प्रदेश

१३ दिनपछि अदालत उपस्थित गराउन लागिएको धर्मेन्द्र अदालतले अनुमति दिए छुट्न सक्ने

Banner

दाङ, कात्तिक १३-

नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई १३ दिनपछि अदालत उपस्थित गराइने भएको छ।

आइतबार बाँस्तोलालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लगिएको थियो। सरकारी वकिल कार्यालयमार्फत् बाँस्तोलालाई सोमबार अदालत उपस्थित गराउन लागिएको हो।

अदालतले अनुमति दिएमा बाँस्तोला सोमबार छुट्न पनि सक्छन्। बाँस्तोलालाई गत कात्तिक २ गतेदेखि प्रहरी नियन्त्रणमा लिएको थियो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै नेता बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>