इच्छकामना

चितवनका दुई पालिका मिलेर सडक मर्मत

Banner

भरतपुर,कात्तिक ११-

चितवनका दुई पालिका मिलेर सडक मर्मत गरेका छन् । भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका मिलेर सिमलढाप–जखेडीमाई सडक मर्मत गरेका हुन् । चाडपर्वको समयमा स्थानीय वासिन्दालाई यात्रा गर्न सहज होस भन्ने उदेश्यले सडक मर्मत गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार सडक मर्मतका लागि भरतपुर महानगरपालिकाले ग्रेडर उपलब्ध गराएको छ । यो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिकामा ६ किलोमिटर र भरतपुर महानगरपालिकामा ४ किलोमिटर क्षेत्र पर्छ । सडकलाई उच्च ग्राबेल गर्ने तयारीका साथ सरसफाई र मर्मत गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले यसबर्ष इच्छाकामना गाउँपालिकाको तीन किलोमिटर क्षेत्रमा उच्च ग्राबेल गर्ने तयारी गरेको जानकारी दिनुभयो । गत बर्ष उच्च ग्राबेल भएको डेढ किलोमिटर क्षेत्रमा यसबर्ष कालोपत्रे गर्ने तयारी गरिएको गुरुङले बताउनुभयो ।

भरतपुर महानगरपालिका ११ को जखेडीमाईसंग जोड्ने यो सडकखण्ड प्रयोग गरेर इच्छाकामना गाउँपालिका ७ का नागरिक दैनिक भरतपुर अवतजावत गर्छन । यो सडक भारतको सिमानाका ठोरीबाट सिमलढाप दाहाखानी हुँदै गोरखा तनहुँ जाने पुरानो मुल बाटो हो । गाउँपालिकाले यो सडकलाई प्राथमिकतामा राखेको भन्दै जनसहभागिता समेत जुटाएर काम गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>