क्रिकेट

विश्वकप क्रिकेटः नेदरल्यान्ड्स न्युजिल्यान्डसंग ९९ रनले पराजित

Banner

एजेन्सी, असोज २२-
मिचेल सान्टनेरलको उत्कृष्ट बलिङको मद्दतमा न्युजिल्यान्डले भारतमा जारी विश्व कप क्रिकेटमा सोमबार नेदरल्यान्ड्सलाई ९९ रनले हराएको छ । ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६।३ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि कालिन अर्केमानले अर्धशतक पूरा गरे । स्कट इडवार्डसले ३० र सेब्रान्ड इगिलब्रटले १९ रन जोडे ।
सान्टनेरले १० ओभरमा ५९ रन खर्चेर ५ विकेट लिए । म्याट ह्यारीले ३ र रचिन रविन्द्रले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको पाएको मौकालाई पूरा सदुपयोग गर्ने क्रममा न्युजिल्यान्डले ३ खेलाडीको अर्धशतकको मद्दतमा ५० ओभरमाा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो । ओपनर विल योङ, रचिन रविन्द्र र टोम लाथमले अर्धशतक पूरा गरेका थिए ।

अर्का ओपनर डेभोन कनवेसँग योङले पहिलो विकेटका लागि ६७ रन जोडेका थिए । कनवे ३२ रनमा आउट भएका थिए ।योङले भान मेक्रेनको बलमा आउट हुनुअघि ८० बलमा ७ चौका र २ छक्काको मद्दतमा ७० रन बनाएका थिए ।

योङले दोस्रो विकेटका लागि रविन्द्रसँग ७७ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डविरुद्धको खेलमा शतक प्रहार गरेका रविन्द्रले भान डेर मेर्वेको बलमा आउट हुनुअघि ५१ बलमा ५१ रननै बनाएका थिए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

४८ रन बनाएका डेरी मिचेल भान मिकिरेनको शिकार भए । आर्यन दत्तको बलमा आउट भएका लाथमले ४६ बलमा ६ चौका र १ छक्काासहित ५३ रन बनाए । मिचेल सान्टनेर अविजित ३६ र म्याट हेन्री अविजित १० रनमा रहे ।

नेदरल्यान्ड्का लागि दत्त, मिकिरेन र डेर मेर्वेले समान २ विकेट र बास डे लिडेले १ विकेट लिए । नेदरल्यान्ड्ले पहिलो खेलमा हार बेहोरेको थियो । न्युजिल्यान्डले लगातार दुई खेल जित्दा नेदरल्यान्ड्सले भने दुबै खेल गुमाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>