देश/प्रदेश

ललितपुरमा आगलागीः दुई छोरी श्रीमतीसहित सञ्जयको मृत्यु, भतिजको उपचार हुँदै

Banner

काठमाडौँ, जेठ ६-

ललितपुरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा घाइते भएका पाँचजना मध्य चार जनाको मृत्यु भएको हो ।

मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरुलाई उपचार गर्न ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो ।

तर, घटनाको भोलिपल्टै दुई छोरी, वैशाख ३१ गते बिहानपख सञ्जयकी श्रीमती र हिजो (शनिबार) सञ्जयको पनि मृत्यु भएपछि आगलागीमा परी ज्यान जानेको संख्या चार पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार घटनाको भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो भने गत ३१ गते श्रीमती ३२ वर्षीया रुपा र आज सञ्जयको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

अर्का घाइते सञ्जयका भतिज १५ वर्षीय नित गिरीको भने उपचार जारी छ । उनी सामान्य अवस्थामा छन् । नितले विभिन्न ठाउँबाट संकलन गरेर ल्याएको डढेको मोबिलमा लाइटर बालेपछि आगो लागेको खुलेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>