चितवन विशेष
माडीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

चितवन, जेठ ६-
चितवनको माडीमा निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रोटर्याक्ट क्लब अफ भरतपुर हाईट, रोटरी क्लब अफ भरतपुर, रोटर्याक्ट क्लब अफ भरतपुर र इन्टरनेशनल भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन रामपुरको संयुक्त आयोजनामा आइतबार माडी नगरपालिका वडा नम्बर २ मा ‘निःशुल्क पशु स्वास्थ्य शिविर ’को आयोजना गरिएको हो ।
सो शिविरमा १ सय ४५ कृषकका ३ सय ८५ वटा पशुको उपचार गरिएको आयोजकले जानकारी दिएको छ । जसमध्ये ७२ भैंसी र गाई, २१७ बाख्रा, ४८ कुकुर र बाँकी सुँगुर र कुखुराहरू थिए । पशुहरुमा गर्भावस्था निदान, सीएमटी र फेकल परीक्षण, मेडियल पटेलर डेस्मोटोमी, खोप, कास्ट्रेसन र अन्य सेवाहरू प्रदान गर्नुपरेको बताईको छ ।
कार्यक्रममा वडाध्यक्ष दण्डपानी पौडेल, प्रमुख अतिथि रहनुभएको कार्यक्रमा डा। रेबन्त कुमार भट्टराई, डा.सुरेन्द्र प्रकाश कानु, डा. रविन बस्ताकोटी, डा. संदेश पौडेलको, डा. आस्था बुढाथोकी सहितको विज्ञ टोलीको उपस्थितिमा सम्पन्न भएको थियो । अपेक्षा श्रेष्ठको संयोजकत्वमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।























