चितवन विशेष

सेन्ट्रल कलेज दोस्रो स्वःबिनिता पौडेल फुटबल प्रतियोगिता हुँदै

Banner

चितवन, जेठ ६-
सेन्ट्रल कलेज दोस्रो स्वर्गिय बिनिता पौडेल खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८१ मंगलबारबाट सुरु हुने भएको छ । न्यू दिव्य ज्योती युवा क्लबको आयोजनामा पश्चिम चितनवको ज्योतिनगरमा यही जेठ ८ गतेदेखि १८ गतेसम्म प्रतियोगिता हुन लागेको आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

१० दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभगिता रहने प्रतियोगिताका संयोजक जुनान्नाथ सापकोटाले जानकारी दिए । प्रतियोगितामा सबै भरतपुर महानगरपालिका र माडी नगरपालिका भित्रका क्लबहरुको सहभाागिता रहने उनले जानकारी दिए । प्रतियोगितामा न्यू दिव्यज्योति, एओडिएस रामपुर, नेवा कटेज एपिएफसी, एकता युवा समाज भरतपुर २३, भरतपुर १८, जनकल्याण तमु समाज माडी, म्याक्स वाई यौँङ्ग ब्वाईज, मिक्सेड व्बाईज लाहुरेचोक, चन्द्रनगर क्लब भरतपुर, जितपुर, एसवाईसि शारदानगर र जि ब्वाईज गितानगरको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै म्यान अफ द म्याचलाई १ हजार, म्याद अफ द टुनामेन्टले दुई हजार, वेस्ट किपर र हाइस्कोरले समान १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भोकेस्नल ट्रेनिङ्ग सेन्टर र सहप्रायोजक बैद्धिक आयूर्वेद सेवा प्रालि रहेको छ । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबि)ले स्वर्गिय बिनिता पौडेलको सम्झनामा फुटलबल प्रतियोगिता गर्न पाउँदा आफुलाई गर्व लागेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>