क्रिकेट

एसियाडको क्रिकेटमा भारतलाई स्वर्ण पदक

Banner

हान्झाउ,असोज २०- 

चीनको हान्झाउमा जारी एसियाली खेलकुदको क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ । वर्षाका कारण फाइनल खेल पूरा नभएपछि वरीयतामा अघि रहेको आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको छ ।

वरीयताका आधारमा पछि परेको अफगानिस्तानले भने रजत पदकमा चित्त बुझाएको छ । पहिला ब्याटिङ गरेको अफगानिस्तानले १८।२ ओभरमा ५ विकेट गुमाउँदै ११२ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

तर पछि पानी नरोकिएपछि वरीयताका आधारमा भारतलाई विजेता घोषित गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>