नवलपुर

भृकुटी कागजकारखानाका मजदुरले सबै तलब पाउने, १३ वर्षपछि गोल्छा अर्गनाइजेशनसंग भयो सम्झौता

Banner

चितवन, असोज १९–

एक दशकदेखि बन्द अवस्थामा रहेको पूर्वी नवलपरासीको गैंडाकोटस्थित भृकुटी कागजकारखानाका मजदुरहरुले पाउनु पर्ने तलब पाउने भएका छन् । त्यहाँ कार्यरत कर्मचारीहरुले करिव ३२ करोड रुपैयाँ तलब पाउने भएका हुन् ।

बिहीबार पेपर मिलका प्रतिनिधि रमेश कुमार दाहाल र आधिकारीक ट्रेड यूनियनका मजदुर प्रतिनिधिले तलब दिलाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कारखाना निजिकरणपछि भृकुटी पल्प एण्ड पेपर मिलका नामले गोल्छा अर्गनाइजेशनले संचालन गरेको थियो ।

नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले दिएको जानकारी अनुसार कारखानामा कार्यरत कर्मचारी र मजदुरमध्ये ३ सय २८ कर्मचारीले तलब वापतको रकम पाउने भएका हुन् । सम्झौता भएको मितिले एक वर्षको अवधी भित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको छ । उद्योग बन्द रहेको मितिदेखि (२०७६ साल) तलब भुक्तानी हुने दिनसम्मको बेसिक तलबको आधा दिने सहमति भएको श्रेष्ठको भनाइ छ ।

सो कारखाना विगत १३ वर्षदेखि बन्द छ । चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा स्थापना भएको कागज कारखाना तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा निजिकरण भन्दै ३२ करोडमा गोल्छा अर्गनाइजेशनलाई बिक्रि गरिएको हो । महेन्द्रराजमार्गमै रहेको कारखाना बन्द भएका कारण जिर्ण छ । त्यहाँ सुरक्षा गार्डले मात्रै हेरचाहा गर्दै आएका छन् ।

कारखानाको करिब ४८ बिगाह जग्गा रहेको छ । कारखाना दीवाकार गोल्छाका छोरा हितेस गोल्छाको नाममा रहेको छ । चिनियाँ सहयोगमा ४० वर्ष अघि निर्मित कारखाना भवन जिर्ण छ । भवनको छानो उडाउने जोखिम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>