राजनीति

चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी नगर्न सरकारको आग्रह

Banner

काठमाडौँ , असोज १६-
सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्य नगर्नरनगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद्ले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भए ुहेलो सरकारु, वाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिन पनि आग्रह गरेको छ ।

‘आसन्न चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि कालोबजारी गरी वस्तु बिक्री वितरण गर्नेजस्ता अनुचित कार्य नगर्नरनगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई नेपाल सरकारले ध्यानाकर्षण गराएको सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छन् ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्ने पनि शर्माको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>