समाचार

तीन महिनामा ६ खर्ब ४६ अर्बको आयात, १ खर्ब १४ अर्बको निर्यात

०
Banner

काठमाडौं, कात्तिक ११-
चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिना (साउन–असोज) मा कुल वैदेशिक व्यापार, आयात र निर्यात दुवैमा वृद्धि भएको छ । यस अवधिमा मुलुकले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८ दशमलव १८ प्रतिशत बढी हो । गत आव असोजसम्ममा ४ खर्ब ६८ अर्ब ८ करोड हाराहारीमा आयात भएको थियो ।

यस्तै, मुलुकबाट १ खर्ब १४ अर्ब २८ करोड बढिको निर्यात भएको छ । यो गत आवको ३ महिनाको तुलनामा ५७ दशमलव ०३ प्रतिशत बढी हो । गत वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड बराबरको वस्तु निर्यात भएको थियो ।

यसअनुरुप गत आर्थिक वर्ष २०८२र८३ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपालको कुल वैदेशिक व्यापार ४० दशमलव ७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड नाघेको भन्सार विभागको बुधबार (कात्तिक ११) सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको आकार ठूलो भएकाले कुल व्यापार घाटा ३४ दशमल ७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा थियो । यद्यपि, विभागको तथ्यांकअनुसार निर्यातमा आएको सुधारका कारण आयात–निर्यात अनुपात घट्न पुगेको छ । गत वर्ष १ रुपैयाँको निर्यात गर्दा ६ दशमलव ४३ रुपैयाँको आयात हुने गरेकोमा चालु वर्षमा यो अनुपात १२ प्रतिशतले घटेर ५ दशमलव६६ मा झरेको देखिन्छ ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्षको १३ दशमलव ४६ प्रतिशतबाट ११ दशमलव ५९ प्रतिशतले बढेर १५ दशमलव ०२ प्रतिशत पुगेको छ । आयातको हिस्सा भने गत वर्षको ८६ दशमलव ५४ प्रतिशतबाट १ दशमलव ८० प्रतिशतले घटेर ८४ दशमलव ९८ प्रतिशतमा सीमित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>