राजनीति

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई पुर्पक्षका लागि थुनामा

Banner

काठमाडौं, असोज १६-

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्‍युतमणि न्यौपानेले जानकारी दिए। सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ।

उनले भदौ २० गते दिउँसो काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए। क्लबमा साक्षात्कार कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा बोल्न सहमहामन्त्री यादवलाई बोलाइएको थियो। श्यामबहादुर सापकोटा पनि कार्यक्रममा बसेर नेताहरूको भाषण सुनिरहेका थिए।

भाषण चित्तबुझ्दो नभएको भन्दै उनले खुकुरी प्रहार गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

खुकुरी प्रहारबाट सहमहामन्त्री यादव घाइते भएका थिए। उनलाई ट्रमा अस्पतालमा लगिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>