राजनीति

मेरो ज्यान मार्न खोज्नेहरुलाई सरकारले समाउँदैन, समाते पनि तत्काल छाड्छः ओली

Banner

काठमाडौं,असोज १६-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार भएको बैठकमा बोल्दै उनले सरकारले हिंसालाई प्रोत्साहित गरेको बताए ।

ओलीले भने, ‘यो सरकार गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार गर्दैन । प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ । हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन । मेरो ज्यान मार्न खोज्नेहरुलाई समाउँदैन, समाते पनि तत्काल छाड्छ । प्रहरीको टाउको फुटाउने र दाँत भाचिने स्थितिसम्मका हमला भएका छन् । त्यसमा केही पनि नगर्नु भन्ने रु हामीमाथि हमला गर्ने गठबन्धनका सहयात्री भनिएका पार्टीहरुका कार्यकर्ता हुन् ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>