राजनीति

भूगोलमा प्रतिनिधित्व नगर्नेलाई प्रतिनिधि बनाएको विरोधमा एमालेका तीन पार्टी कार्यालयमा तालाबन्दी

Banner

कैलाली,असोज १६-

भूगोलमा प्रतिनिधित्व नगर्नेहरूलाई प्रतिनिधि बनाएको विरोधमा एमालेका तीन पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । भूगोलमा रहेका नेता, कार्यकर्तालाई छोडेर भूगोलमा प्रतिनिधित्व नगर्नेहरूलाई प्रतिनिधि बनाएको विरोधमा नेकपा एमालेको सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला र धनगढी उपमहानगरपालिकको कार्यालयमा तालाबन्दी गरेको हुन् ।

धनगढीमा रहेका नेकपा एमाले निकट युवा नेताहरूले पार्टी कार्यालयहरूमा तालाबन्दी गरेका हुन् ।

पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्त्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको एमाले कैलालीका जिल्ला कमिटी सदस्यसमेत रहेका अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर शाहले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते प्रदेश अधिवेशन हुँदैछ । अधिवेशनमा प्रतिनिधि छनोट गर्दा विधि र प्रक्रिया मिचिएको युवाहरूको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>