राजनीति
चाडपर्वमा ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ नरोक्ने निर्णय, ८ लाख सदस्य पुर्याउँने लक्ष्य
०

काठमाडौं,असोज १६-
नेकपा माओवादी केन्द्रले चाडपर्वको बेलामा पनि ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ लाई नरोक्ने निर्णय गरेको छ। आज बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले चाडपर्वको बेलामा पनि अभियान नरोक्न सर्कुलर पठाउँने निर्णय गरेको सचिव दिनानाथ शर्माले बताए।
उनले भने, ‘बैठकमा तीन महिने अभियानको बारेमा सामान्य कुरा उठ्यो। अब चाडपर्वको बेलामा सबै काठमाडौंमै बस्दैनन्। बाहिर जान्छन्। जोजो जहाँ जान्छन् त्यही नै अभियानमा समावेश हुने भनेर एउटा सर्कुलर हुन्छ।’
अभियानका क्रममा २५ लाख मतदातासँग भेटेर ८ लाख पार्टी सदस्यता संख्या पुर्याउँने लक्ष्य लिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























