राजनीति
मूल्यवृद्धिको विरोधमा राप्रपाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने
०

काठमाडौं, असोज १६-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मूल्यवृद्धिको विरोधमा सरकारलाई ध्यानाकर्षण गराउने भएको छ। राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने भएको हो।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठकले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
‘दैनिक उपभोग्य बस्तुमा भएको चरम मूल्यवृद्धिलगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दवाव दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको छ,’ उनले भने।
राप्रपाले मंसिर ९ गतेदेखि ११ गतेसम्म बस्ने गरी केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























