देश/प्रदेश
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी
०

विराटनगर,असोज १६-
नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् । मोरङ लेटाङका खतिवडा ५१२ मत ल्याई विजयी हुँदा प्रतिस्पर्धी विनोदप्रसाद ढकालले ४३० मत ल्याए। ३५ मत बदर भएको छ।
खतिवडा मोरङ क्षेत्र नं.१ बाट निर्वाचित पूर्वसांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन्। उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित भएका छन्। यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन्। उनीहरू खतिवडाकै प्यानलबाट विजयी भएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























