नवलपुर

मौलाकाली केवलकार मर्मत सम्भार सकियो, अब नियमित संचालन हुने, बुधवार २७५ मा जान पाइने

Banner

चितवन, भदौ ३१ –

मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही आश्विन महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ । यसअघि गत साउनदेखि संचालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै टिकटमा ५० प्रतिशत छुट सहित बुधवार अफर ल्याएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए ।

ईभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रिया स्वरूप यो अफर ल्याइएको र यस अफरबाट अझ धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको पौडेलले बताए । हाल केवलकारको दुईतर्फी साधारण टिकट मूल्य रु ५५० कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले रु २७५ मै केवलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् ।

यसैबीच गत आइतबारदेखि शुरु भएको केवलकारको नियमित मर्मतसम्भार कार्य पनि सकिएको कम्पनीले जनाएको छ । मर्मतसम्भार सकिएपछि अब आश्विन १ गतेदेखि केवलकार पूर्ववत समय तालिका अनुसार नै संचालन हुने पौडेलले बताए जस अनुसार केवलकार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ भने शनिबार र बिदाका दिनमा बिहान ५ः३० बजेदेखि संचालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>