चितवन विशेष

चितवनमा गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु

Banner

चितवन, भदौ ३०-

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वि चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ स्थित जनकौली र ढुंग्रे खोलाको सिमाना क्षेत्रमा मगरटोलका ४५ बर्षिय फगुना महतोको गोहीको आक्रमणबाट मृत्यु भएको हो ।

महतो शनिवार साँझ सात बजे तिर डुंगाघाट क्षेत्रमा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनी माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>