एथलेटिक्स

विद्यालयस्तरीय ब्याडमिन्टनमा स्काइराइडर स्कूल प्रथम

Banner

चितवन, भदौँ २४–

चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा ‘प्रथम स्वर्गीय सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड छैठों जिल्ला स्तरीय एकल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८०’ सम्पन्न भएको छ ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको प्रमुख आतिथ्यता एवं चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बुद्धि थारुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ३० बिद्यालयका १९४ खेलाडीहरु सहभागी थिए । जसमा छात्रतर्फ १४० र छात्रातर्फ ५४ जना सहभागी थिए। प्रतियोगितामा १३ वर्ष मुनिको छात्रातर्फ प्रथम स्थान बेबिलोन स्कुलकि सुरबी न्यौपाने, द्वितीय स्थान नारायणी माविकी युनिशा गुरुङ र तृतीय स्थानमा नारायणी पब्लिक स्कूलकी रेनिशा भारती र भरतपुर माविकी सिम्रन मरहठ्ठाले प्राप्त गर्न सफल भए।

त्यस्तै १३ वर्ष मुनिको छात्रतर्फ प्रथम स्थान भानु मेमोरियलका ग्राबिएल लामा, द्वितीय स्थान भरतपुर माबिका निर्मल राइ र तृतीय स्थान बेबिलोन स्कुलका आदित्य न्यौपाने र राष्ट्रिय आधारभूत विद्यालय मगनीका युनिक चौधरीले हात पारे। यसैगरि १८ बर्ष मुनिका छात्रातर्फ प्रथम स्थान जनजागृती माबिकि सुश्मा भुजेल, द्वितीय स्थान वाल्मीकिकी स्नेहा सुवेदी र तृतीय स्थान ग्लोरिएल एकेडेमीकि रिया तामाङ र सोमाङ जीव एकेडेमीकी निस्चल सुनारले हाथ पारिन्।

यसैगरि १८ बर्ष मुनिका छात्रतर्फ प्रथम स्थान स्काई राइडरका आयुश गुरुङ, द्वितीय स्थान स्काइ राइडरकै रोहित भुजेल र तृतीय स्थान सैनिक स्कुलका डेबिड गुरुङ र ईन्टरनेसनल स्कुलका आर्यन चौधरीले हात पार्न सफल भए। प्रतियोगितामा उत्कृष्ट खेलाडीतर्फ १३ वर्ष मुनिको छात्रा तर्फ बेबिलोन स्कुलकि सुरबी न्यौपाने र छात्र तर्फ भरतपुर माबिका निर्मल राय उत्कृष्ट हुन सफल भए भने १८ बर्ष मुनिका छात्रातर्फ जनजागृती स्कुलकि सुश्मा भुजेल र छात्रतर्फ मोहन माबिका अनम दराइ उत्कृष्ट हुन सफल भए।

यसैगरि प्रतियोगितामा समग्र रुपमा स्कुलतर्फ स्काइ राइडर प्रथम स्थान हासिल गर्न सफल भयो भने बेबिलोन स्कुल द्धितीय र भरतपुर माबि, जनजागृती माबि र भानु मेमोरियल तृतीय स्थान हासिल गर्न सफल भए ।प्रतियोगितामा  बिशिष्ट अतिथि राष्ट्रिय युवा परिषदका अध्यक्ष अस्मिन घिमिरे,जिल्ला खेलकुद समितिका अध्यक्ष उत्तम गुरुङ रहनुभएको थियो ।  प्रतियोगितामा टुर्नामेन्ट रेफ्रीको भुमिकामा खुस बहादुर गुरुङ रहनु भएको थियो भने अम्पायरको भुमिकामा गोबिन्द कंडेल, राज कुमार गुरुङ, सुरज गुरुङ, बिधान गुरुङ, निशान गुरुङ, विष्णु दवाडी, प्रकाश डल्लाकोटी, किरण लामा, कपिल श्रेष्ठ, सागर पोख्रेल, बिक्रम पोख्रेल, किसन बिष्ट र शैलेन्द्र प्रधान रहनु भएको थियो। समापन समारोह जिल्ला ब्याडमिन्टन संघ चितवनका सह–सचिब प्रकाश डल्लाकोटीले सन्चालन गर्नु भएको थियो। प्रतियोगिता भाद्र २२ र २३ गते भरतपुर कभर्डहलमा सन्चालन भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>