चितवन विशेष

गणतन्त्रले देशलाई द्धन्द्ध तर्फ धकेल्योः उपाध्यक्ष विक्रम पाण्डे

Banner

चितवन, भदौ २०-

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा भएको हिन्दु राष्ट्र गुमाएर फेरी यसैका लागि माग्नुपर्ने अवस्था आएको बताउनुभएको छ । चितवनको माडी नगरपालिका स्थित बरुवा बजारमा नवनिर्मित कलात्मक राधाकृष्ण मन्दिरको उद्घाटन गर्दैै पाण्डेले गणतन्त्रले देशलाई द्धन्द्ध तर्फ धकेलेको जिकिर गर्नुभयो ।

‘हामी हाम्रो हिन्दु राष्ट्र गुमाएर फेरी यसैको लागि मागेर रोएर कराएर हिडेका छौँ,’उहाँले भन्नुभयो, ‘यो देशमा हामीलाई के दियोभन्दा झगडा दियो साम्प्रदायिक दङ्गा बनाउने तिर गयो ।’ कानुनले समेत बर्जित गरेको गौँ हत्या हुन थालेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । गौँ हत्या गर्नेलाई कारबाही गर्न सरकार डराएको उहाँको भनाई थियो । ‘हिन्दुवादीहरु गौँ हत्याको विषयमा टुलुटुलु रहेरेर बस्नुपर्ने अवस्था आएको छ,’–उहाँले भन्नुभयो । पूर्वमन्त्री र चितवन तीनका सांसद समेत रहनुभएका पाण्डेले धर्म निरपेक्षताका कारणले गर्दा हिन्दुवादीहरु सुरक्षित नभएको बताउनुभयो। ‘हाम्रो देशमा हामी सुरक्षित छैनौँ । धर्मनिरपेक्षताले गर्दा एक आपसमा मिल्न सकेका छैनौँ,’– उहाँले भन्नुभयो ।

हिन्दुराज्य हुँदा सबै धर्मको संरक्षण हुने उहाँले बताउनुभयो । सो समयमा कहिल्यै पनि धार्मिक युद्ध नभएको स्पष्ट पार्नुभयो । कार्यक्रममा उहाँले माडी क्षेत्रको विकासमा आफ्नो भूमिका, पहलकदमी र सक्रियता निरन्तर रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>