राजनीति

बागमती क्रिकेट संघको अध्यक्षमा पारसले उम्मेद्‍वारी दिने

Banner

ललितपुर, भदौ ९-

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेद्वा‍वारी दिने घोषणा गरेका छन्। नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा चर्चित र भाग्यमानी कप्तानका रुपमा पारसलाई लिने गरिन्छ।

काठमाडौँको बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेद्‍वारी दिने औपचारिक घोषणा गरेका हुन्।

यसअघि नै उनले अनौपचारिक रुपमा बागमतीको अध्यक्षमा उठ्ने संकेत गरिसकेका थिए। उनले बागमती प्रदेशका ४ जिल्लाको समर्थनसहित यस प्रदेशको अध्यक्ष पदमा उम्मेद्‍वारी दिन लागेको घोषणा गरे।

पत्रकार सम्मेलनमा काठमाडौँ, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले पारसलाई नै समर्थन गर्ने घोषणा गरेका छन् ।
आउने भदौ १५ गते बगमती प्रदेशको दोस्रो अधिवेसनमार्फत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ।

पत्रकार सम्मेलनमा पारससँगै मकवानपुर जिल्लाका अध्यक्ष करण मल्हत्रा क्षेत्री, काठमाडौँका अध्यक्ष दिवाकर घले, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र ललितपुरका अध्यक्ष शेखर श्रेष्ठ थिए।

पत्रकार सम्मेलनमा बागमतीका बाँकी दुई जिल्ला नुवाकोट र चितवन भने सहभागी थिएनन्। पारसले काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्यता प्राप्त गर्दै बागमती प्रदेशको चुनाव लड्ने संकेत पहिल्यै गरेका थिए।

काठमाडौँ संघका प्रतिनिधि पारस अध्यक्षमा उठ्दा उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुरका प्रतिनिधि उठ्ने सहमतिसहित घोषणा गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>