समाचार

टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो हटायो

०
Banner

काठमाडौं, कार्तिक १२-

छोटो भिडियो सेयरिङका लागि लोकप्रिय सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म)को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गरेको छ ।

नियम उल्लंघन गर्ने सामग्री र एकाउन्टमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गर्दै कम्पनीले सुरक्षित डिजिटल वातावरण निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

नेपालमा उच्च दरमा अटोमेटेड कारबाही प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपालबाट प्रकाशित भएकामध्ये २० लाख ३६ हजार १९१ वटा भिडियो नियम उल्लंघनका कारण हटाइएका छन् । यो नेपालमा सो अवधिमा अपलोड गरिएका कुल सामग्रीको ०.४ प्रतिशत हो । नेपालमा नियम उल्लंघन गर्ने सामग्री पहिचान र कारबाहीको दर उच्च देखिएको छ ।

टिकटकले ९९ दशमलव ५ प्रतिशत भिडियोहरू प्रयोगकर्ता वा सर्वसाधारणले उजुरी (रिपोर्ट) गर्नुअघि नै प्रणालीले पहिचान गरी हटाएको छ । यस्तै, ९२ दशमलव ३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्रै प्लेटफर्मबाट हटाइएका छन् ।

कम्पनीको आन्तरिक पुनरवलोकन तथा प्रयोगकर्ताको अपिलपश्चात् ३३ हजार ५०३ वटा भिडियो गल्तीवश हटाइएको ठहर गर्दै पुनर्स्थापना (रजिस्टोर)ं गरिएको छ । यस अवधिमा टिकटकले विश्वभरबाट कुल १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ, जुन विश्वव्यापी रूपमा प्लेटफर्ममा पोस्ट गरिएका भिडियोको करिब ० दशमलव ५ प्रतिशत हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>