देश/प्रदेश

इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएको विषयमा प्रहरीको ध्यानाकर्षण

०
Banner

काठमाडौं ,कात्तिक १२ –

जिल्ला प्रहरी परिसर काठमाडौंले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै परिसरले विभिन्न सञ्चारमाध्यममा अनुसन्धान अधिकारीलाई सूचनाको स्रोतका रूपमा सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषय सार्वजनिक गरिएको समाचार तथा सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो।

परिसरका अनुसार उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन, विधि र प्रक्रियाबमोजिम गोप्य रूपमा भइरहेको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता तथा गोपनीयता कायम राख्न प्रहरी सदैव प्रतिबद्ध रहेको परिसरले जनाएको छ।

अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरेमा कानुनबमोजिम हुने चेतावनी दिँदै प्रहरीले मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने जनाएको छ।

परिसरले त्यस्ता सूचना तथा सामग्री प्रकाशन गर्नुअघि तिनको आधिकारिकता पुष्टि गर्नसमेत अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>