खेलकुद
कर्णालीले विराटनगरविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने
०

काठमाडौं,कात्तिक १२ –
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन् ।
जसमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन् ।
यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो ।
विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























