राजनीति

‘जनताले सम्झिने गरी ऐतिहासिक काम गरेर मर्ने सपना छ’-प्रधानमन्त्री

Banner

वीरगञ्ज,भदौ ८-

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जीवनको उत्तरार्धमा केही राम्रा कामहरु गरेर जाने र नेपाली जनताले सम्झिने गरि ऐतिहासिक काम गरेर मर्ने सपना रहेको बताएका छन्। शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्। ‘मेरा कामहरु आउने पिढिले याद गरुन् र अब त ढुक्कसँग मर्ने मात्रै रहर छ’ उनले भने।

प्रधानमन्त्री दाहालले सभालाई सम्बोधन गर्दै मधेस प्रदेश र कर्णाली प्रदेशमा विकाश गरिए मात्र नेपाल विकसित हुने बताए। उनले सुदूर पश्चिम र मधेसको विकासमा आफ्नो विशेष ध्यान रहेको उल्लेख गरे।

मधेस प्रदेशमा धेरै वर्ष काम गरेको र यहिका जनताको भोटबाट चुनाव जितेर प्रधानमन्त्री बनेकाले यस प्रदेशका लागी गर्न पर्ने कामको जिम्मेवारी आफूलाई जानकारी भएको उनले बताए। अहिले मधेस प्रदेशको सिँचाइको निम्ति मरिन डाइभर्सनको कार्य तीव्र गतिमा अगाडी बढाउने र चुरेको दोहन प्रक्रिया रोक्न आफू गहिरो अध्ययनमा रहेको प्रधानमन्त्री दाहालले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>