राजनीति

आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्छः ओली

Banner

विराटनगर,भदौ ८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । आज मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

ओलीले भने, ‘आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्छ । त्यसमा पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ ।’

त्यसअघि एक पत्रकारले अर्थतन्त्र सुधारका लागि एमाले र कांग्रेस मिलेर जानुपर्छ जस्तो लागेको छैन रु भनेर प्रश्न सोधेका थिए । त्यसको जवाफ दिने क्रममा ‘राम्रो कुरा हो,’ भन्दै यसमा दुई मत नभएको बताए ।

प्रणालीको रक्षा, त्यसको विकास, संविधानको रक्षा र कार्यान्वयन, अनियमितता, वेथिति, भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने बताउँदै ओलीले भने, ‘हाम्रो सधैंको मान्यता त्यही हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>