राजनीति
ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दा परम्पराको विकास भयो: घनश्याम भुसाल
०

काठमाडौं, भदौ ८-
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका छन् ।
नेकपा एसनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका हुन् ।
उनले पछिल्लो समय ओेलीलाई माथ गर्ने ढंगले निन्दा र भर्त्स्ना गर्नेहरु नेपालको राजनीतिमा उदाइसकेको बताए ।
भुसालले भने, ‘कमरेड ओलीको उदयपछि नेपालको राजनीतिमा घृणा, निन्दाको भर्त्सना, गालीगलौजको संस्कृति परम्परा बन्दै गयो । अहिले आजीभन्दा दश हात निन्दा भर्त्सना अरु नै आइसके । बुढो प्रतिनिधिको ठाउँमा जवान प्रतिनिधिहरू आएका छन् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























