राजनीति

आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै

Banner

काठमाडौं, भदौ ७-

प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूचि राखिएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ।

६० किलो सुन तस्करीमा छानबिन आयोग बनाउन सरकार तयार भएसँगै झण्डै एक महिनापछि हिजोबाट सदन सुचारु भएको हो। हिजोको बैठकमा पनि सत्ता र प्रमुख प्रतिपक्षीले भ्रष्टाचार प्रकरणमा एक अर्कामाथि आरोप–प्रत्यारोप गरेका छन्।

एमाले सचिव योगेश भट्टराईले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणमा सरकारका मानिसहरुतर्फ सुइ सोझ्याएपछि अनुसन्धानको गाडी युटर्न भएका बताएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>