राजनीति
ललिता निवास प्रकरणमा जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, सीआईबीको गाडी मोडिन्छः योगेश भट्टराई

काठमाडौं, भदौ ६-
नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सीआईबीलगायत राज्यका सबै निकायप्रति एमालेले अविश्वास नगर्ने, तर सरकारले ठीक ढंगले काम गर्न नदिएको आरोप लगाए ।
‘ललितानिवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ, जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा युर्टन हुन्छ । हामीलाई झस्का पस्यो’ भट्टराईले भने, ‘इलेक्ट्रिक सिगरेटमा सञ्चारमाध्यममा कुराकानीहहरु आए ।
सीआईबीले ठीकै छानबिन गर्ला भनेको तर केही उच्च पदस्थ नेताको नाम आएपछि सीआईबीको गाडीमा ब्रेक लाग्यो, हामीलाई झस्का पस्यो ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्भिकतापूर्वक अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु सरकारले सरुवा गर्दा आशंका पैदा भएको पनि उनले बताए ।



























