देश/प्रदेश

आईजीपी दानबहादुर कार्कीबारे फैलिएका भ्रामक समाचारप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

०
Banner

काठमाडौं,कात्तिक १२ –

नेपाल प्रहरीले सामाजिक सञ्जालमा फैलिएका भ्रामक समाचार तथा अपुष्ट सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तथ्य पुष्टि गरेर मात्र समाचार तथा सूचना प्रकाशन गर्न आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरू सार्वजनिक भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सिर्जना हुनुका साथै सुरक्षा जोखिम बढ्न सक्ने र संस्थाप्रतिको विश्वासमा असर पर्न सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अपुष्ट, भ्रामक र तथ्यहीन सूचना प्रसार नगर्न आग्रह गरेको छ। समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न पनि अनुरोध गरिएको छ।

विज्ञप्तिमा नेपाल प्रहरीले कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

त्यसैगरी, प्रहरी संगठनलाई विवादमा तान्ने उद्देश्यले फैलाइने भ्रामक सूचना तथा स्वार्थकेन्द्रित टिप्पणीबाट प्रभावित नभई तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीले सञ्चारमाध्यमसँग आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>